जावलाखेलस्थित मुन म्यानपावरबाट ४३७ पासपोर्ट र ७.९० लाख नगद बरामद

1.07K
shares

काठमाडौं। ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ। वैदेशिक रोजगारीका क्रममा मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले तत्काल अनुगमन गर्दै छापा मारेको हो।

श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार छापाका क्रममा म्यानपावर कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र रु ७ लाख ९० हजार नगद बरामद गरिएको छ। बरामद गरिएको नगदको कुनै आधिकारिक रसिद फेला नपरेको पनि उनले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयबाट सूचना प्राप्त भएलगत्तै अनुगमन प्रक्रिया अघि बढाइएको बताइएको छ। मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु गर्ने जनाएको छ।

सरोज यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४ घण्टा नै सक्रिय रहने पनि बताएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083