जिम्मेवारी छाडेर नेपाल प्रहरीमा कार्यरत ११ प्रहरी वेपत्ता

Nepal Life Insurance Long Ad

नेपाल प्रहरीका विभिन्न तहका कार्यरत ११ जना प्रहरी वेपत्ता भएका छन् ।

कार्यालयले दिएको जिम्मेवारी छाडेर उनीहरु सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एक महिनाको बीचमा आफू कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यलयले सूचना निकालेर खोजी थालेको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार ०७७ पुस २ देखि ०७७ माघ ६ गतेसम्म विभिन्न मितिमा, विभिन्न तहका ११ प्रहरी बिना जानकारी अनुपस्थित भएका हुन् । आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरी भनाइ छ ।

बिना जानकारी अनुपस्थित हुने प्रहरीहरूमा प्रहरी हवल्दार शेरबहादुर भण्डारी, खेम कटुवाल, कुलबहादुर कुँवर रहेका छन् भने प्रहरी जवान प्रकाश केसी, विकल थापा, रनवीर बगाले मगर, अर्जुन राजी, रामकृष्ण रोकाया, सुरेशसिंह धामी, डिलकुमार बराम र नवराज मोक्तान रहेका छन् ।

Police KWXIrGSkIR

प्रहरी नियमावली २०७१ को नियम ११५ (२) बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन आउने सातदिने सूचना जारी गरेको हो ।

सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन् । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

१० फागुन २०७७, सोमवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु