माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सहसचिवमा भुषाल र विद्यार्थी महाशाखा अध्यक्षमा कार्की चयन!

Nepal Life Insurance Long Ad

काठमाडौ । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सहसचिवमा भुषाल र विद्यार्थी महाशाखा अध्यक्षमा कार्की चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको छैठौं पुर्ण बैठकबाट सह-सचीवमा इन्द्र भुषाललाई सर्वसहमत चयन गरेको हो। गत मंसिरको सम्मेलन बाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चुनिएका थिए।

सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरेको थियो। त्यस्तै विद्यार्थी महाशाखाको अध्यक्ष भने पवन कार्कीलाई चयन गरेको छ।

११ फागुन २०७९, बिहीवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु