ठग जोगाउन सेटिङ्ग : आयोगका अध्यक्ष र डिआईजीलाई होला त कारबाही ?

आलम यूएईमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पनि गुहारे

Nepal Life Insurance Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर प्रहरीबाट फुत्किएका ठगी मुद्दाका एक आरोपीलाई प्रहरीले राती पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत गौशालाको हिरासतमा राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीका अुनसार शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएको थियो ।

उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएको पाइएको थियो । अध्ध्यक्ष अन्सारीले दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।

उनी विमानस्थलबाट बाहिरिसकेको सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । राति होटलमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

आलम दुबईबाट आएका त्यहाँका ‘भीआईपी डेलिगेट्स’हरुसँगै काठमाडौं आएका थिए । उनलाई दोभासेका रुपमा काठमाडौं ल्याइएको थियो । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा आएका थिए ।

उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी स्वयम् विमानस्थल पुगेका थिए । उनी गएपछि दुबईबाट आएका सबैको पासपोर्ट एकमुष्ठ रुपमा ‘अराइभल’ छाप लगाउन दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको देखिएको थियो ।

प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।

आलम यूएईमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पनि गुहारेको थियो । काठमाडौं प्रहरीले २ वैशाखमा इन्टरपोललाई पत्राचार गरेर रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७८ फागुन २७ मा आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको भेटिएको छ । उनीविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

फरार अभियुक्त भगाइएको घटनाबारे छानबिन गर्न टोली गठन गरेको छ । निर्देशक टेकनाथ सिटौलाको नेतृत्वमा शनिबार पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा नागरिक उड्डयनबाट बच्चुराम श्रेष्ठ र विद्या ढुंगाना, नेपाल प्रहरीका डिएसपी सूर्य सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत छन् । आगामी दिनमा भिआइपी कक्षको दुरुपयोग हुन नदिन सुधारका सुझाव पेस गर्ने गरी समिति गठन भएको निर्देशक सिटौलाले बताए ।

विदेशबाट आउँदा भिआइपी कक्ष नै प्रयोग गरेर ठगी मुद्दाका फरार अभियुक्त भागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठेको छ ।

भिआइपी कक्षमा अराभइल छापको जाँच गर्ने सिस्टम नै विमानस्थलमा बन्न सकेको छैन । विमानस्थलका प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीको कार्यक्षमतामाथि नै यो प्रकरणले प्रश्न उठाएको छ भने आयोगका अध्यक्षको नैतिकतामा प्रश्न उठेको छ। भिआइपी कक्षको सुरक्षाको जिम्मेवारी मात्र आफूहरूको भएको भन्न्दै ज्ञवाली पन्छिन खोजेका छन् ।

भिआइपीमा आफन्त तथा परिवारले पनि भिआइपी कक्षको दुरुपयोग गर्ने क्रम बढ्दा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चुनौती बढ्दै गएको छ । ज्ञवालीको यहि सुरक्षा व्यवस्थामा पेसेवर अपराधीले यसको दुरुपयोग गर्ने जोखिम रहेको देखिन्छ।

भिआइपी कक्ष दुरुपयोग गरेको र अभियुक्तलाई भगाउन प्रयास गरेकाले मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि समेत मुद्दा चल्न सक्ने अवस्था छ भने ज्ञवालीलाई समेत प्रहरी प्रधान कार्यालयलले स्पष्टिकरण सोध्न सक्छ ।

१९ भदौ २०७९, आइतवार २०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु