शिक्षक आन्दोलन : गैर जिम्मेवारपूर्ण सरकारको व्यवहार र हाम्रो भूमिका

Nepal Life Insurance Long Ad

– ईन्द्र भुषाल

शिक्षक शिक्षा प्रणालीका मेरुदण्ड हुन्। राष्ट्रको उज्वल भविष्य निर्माणमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। तर जब शिक्षकहरू आफ्ना न्यूनतम हक र अधिकारका लागि सडकमा उत्रिन बाध्य भए ‌तब यो केवल शिक्षाको संकट होइन, सिस्टमकै गहिरो विफलता हो भन्ने संकेत गर्दछ।
आज नेपालमा शिक्षकहरूले उचित तलब सेवा सुविधा र पेशागत सम्मानका लागि आन्दोलन गर्नु परेको छ।

तर दुर्भाग्यवश सरकारको व्यवहार अत्यन्त गैर जिम्मेवारपूर्ण देखिएको छ। सरकारले शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक नलिइ चेतावनीमूलक भाषा प्रयोग गर्नु, दबाब र धम्की दिने प्रयास गर्नु, र संवादवाट टाढा रहने प्रवृत्ति देखाएको छ।

यस्ता क्रियाकलापहरूले आन्दोलन झन् दिन प्रतिदिन‌ चर्किँदै गएको छ। फलस्वरूप शिक्षाको भविष्य संकटमा पर्नसक्ने‌ संकेत देखिएको छ।

सरकारको गैर जिम्मेवार व्यवहार:
: शिक्षकहरूको वास्तविक पीडा बुझ्ने प्रयास नगर्नु
: समस्या समाधानको सट्टा आन्दोलन दबाउने प्रयास गर्नु
: वार्ता र संवादका प्रक्रियालाई कमजोर तुल्याउनु
: शिक्षा क्षेत्रप्रति समर्पित जनशक्तिको मनोबल गिराउने व्यवहार गर्नु जस्ता कदमहरूले सरकारको दायित्वविहीन चरित्र पूर्ण रूपमा प्रकट भएको देखिन्छ।
हाम्रो भूमिका:
यस परिस्थितिमा हामीले गम्भीर र जिम्मेवारी भूमिका ‌निर्वाह गर्नुपर्छ अवस्था आएको छ ‌।
शिक्षकहरूको आन्दोलनलाई नैतिक समर्थन दिए सँगै शैक्षिक क्षेत्रको सुधारको आन्दोलनलाई ‌हाम्रो समर्थन मात्र पुग्दैन प्रत्यक्ष ‌सहभागिताको‌ आवश्यकता बढ्दै गएको छ।
सरकारलाई जिम्मेवार बनाउने दबाब सिर्जना गर्न ‌सडकदेखि सदनसम्म शिक्षक आन्दोलनको पक्षमा रहेका राजनीति पार्टीहरू‌‌ सङ्घ संगठन ‌ शैक्षिक अगुवाहरूको‌‌ भूमिका अपरिहार्य छ।
शिक्षक ,विद्यार्थी र हामी सबैको हितका लागि संवाद मार्फत ‌ समस्याको ‌समाधान गर्न बाध्यात्मक परिस्थिति सिर्जना गर्न गराउन अपरिहार्य बन्दै गएको छ।

समाजमा सही सन्देश फैलाउने: शिक्षकहरूको आन्दोलन केवल शिक्षकको पेशागत ‌फाइदाका लागि मात्र नभएर यो आन्दोलन समग्र ‌शिक्षा प्रणाली सुधारका लागि हो भन्ने कुरा अभिभावक र सबै जनसमक्ष्य पुर्‍याउनु आवश्यक छ ।
शिक्षा कुनै पनि राष्ट्रको दिगो विकासको आधार हो। शिक्षकहरूलाई कमजोर तुल्याएर वा आन्दोलनको आवाज दबाएर सरकार अगाडि बढ्न सम्भव छैन।

शिक्षकको आवाजलाई बलियो बनाउने, शिक्षा प्रणाली सुधार्ने र सरकारलाई आफ्नो कर्तव्य बोध गराउने‌ , हामी सबै मिलेर सचेत र सक्रिय नागरिकको भूमिका निर्वाह गरेर मात्र शिक्षक आन्दोलनले सकारात्मक मोड लिन सक्छ र शिक्षा क्षेत्रमा नयाँ आशाको किरण देख्न सकिन्छ।

लेखक : ईन्द्र भुषाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

१३ वैशाख २०८२, शनिवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु