पूर्व मन्त्री तथा प्रथम योल्मो खेन्पो छिमे डा. लामाको पहलमा गुम्बाहरु पुनः निर्माण हुन लागे पछि सामाजिक संजालमा उच्च प्रशंसा

सिन्धुपाल्चोक। २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएका सिन्धुपाल्चोक जिल्लाका गुम्बाहरु पुनः निर्माण हुने पछि समाजिक संजालमा पुननिर्माण  कार्यमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने नेतृत्वालाई धन्यावद व्यक्त गरेका छन्। पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका पुरातात्त्विक महत्वका ५ वटा ऐतिहासिक गुम्बाहरु निर्माणको लागि असोज २८ गते टेण्डर सुचना प्रकाशित भए पछि सामाजिक संजालमा पूर्व मन्त्री तथा प्रथम योल्मो खेन्पो छिमे छिरिङ, डा.ल्हारक्याल लामालाई सामाजिक संजालमा सिन्धुपाल्चोकका स्थानिय धर्मगुरुले उच्च प्रशंसा तथा धन्यवाद व्यक्त गरेका हुन् ।  करिब ५ वर्षको अथक सक्रिय मेहनत र समन्वय बाट भारत सरकारको सहयोग र नेपाल सरकारको समन्वयमा ऐतिहासिक गुम्बाहरु निर्माणको पूर्व मन्त्री डा. लामाले महत्वपुर्ण भुमिकामा निर्माण गरेको भन्दै विशेष धन्यवाद व्यक्त गरेका छन् ।

टासी देलेक,
यस सामाजिक सञ्जाल फेसबुकमार्फत म आफ्ना सम्पूर्ण शुभचिन्तक मित्रवर्गहरु एवम सेर्माथाङ, मिलिम्क्षिम, तार्केग्याङ, चिरि, किल्गुङ, नवलपुर र लिस्तिकोट लगायत गाउँका सम्पूर्ण महानुभावहरुमा विगत ५ वर्षदेखिको हाम्रो अथाह प्रयास धैर्यता एवम मेहनत स्वरुप उल्लेखित गाउँका गुम्बाहरुको पुनःनिर्माणका लागि सम्पूर्ण प्रक्रियाहरु सफलतापुर्वक सम्पन्न गर्न सफल भएकोमा शुभकामना एवम हर्ष व्यक्त गर्न चाहान्छु ।

विगत ५ वर्षदेखिको अथक प्रयासमा विभिन्न तह र तप्काका महत्वपूर्ण व्यक्तिहरुको अमुल्य योगदानबाट नै उल्लेखनिय सफलता भएका छौं । यसका लागि हामीलाई आर्थिक रुपमा विशेष सहयोग प्रदान गर्ने मित्रराष्ट्र भारत सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।
यस्तैगरी विनासकारी भुकम्प पश्चात विगत ५ वर्षदेखि पहलकदमीका साथ महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने आदरणीय प्रथम ह्योल्मो खेन्पो छिमि छिरिङ पूर्वमन्त्री एवम संविधानसभा सदस्य डा।ल्हारक्याल लामाज्यु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु ।

साथै यस योजनामा महत्वपुर्ण समन्वय तथा सहकार्यको लागि सहयोग गर्नुहुने सम्बन्धित शहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्वविभाग एवम सिन्धुपाल्चोक जिल्लाको सम्पूर्ण प्राविधिक टिम प्रति पनि हार्दिक धन्यवाद एवम कृतज्ञता प्रकट गर्न चाहान्छु । यो गुम्बाहरुको पुनःनिर्माण सम्बन्धमा उल्लेख गर्नुपर्दा २०७२ सालको महाविनाशकारी भुकम्पले सय वर्ष भन्दा पनि पुरानो उल्लेखित ऐतिहासिक तथा पुरात्वतिक महत्वको गुम्बाहरु पुनःनिर्माण गर्न अत्यन्त आवश्यकता तथा महत्वपुर्ण देखिएकोले प्रथम ह्योल्मो खेन्पो छिमे छिरिङ माननीय संविधानसभा सदस्य डा।ल्हारक्याल लामाज्युको विशेष पहल र सक्रियतामा यी गुम्बाहरुको निर्माणको प्रयास थालिएकोे थियो ।

यसक्रममा प्रथम ह्योल्मो खेन्पो छिमे छिरिङ माननीय संविधानसभा सदस्य डा.ल्हारक्याल लामाज्युको नेतृत्वमा नेपालस्थित भारतीय दुतावासका प्रतिनिधिहरु श्री रोशन लप्चा तथा श्री प्रणव गणेशज्युको उपस्थितिमा यी गुम्बाहरुको क्षतिग्रस्त अवस्थाको निरिक्षण भ्रमण गरेको थियो । यस भ्रमण पश्चात भारतीय दुतावास समक्ष यी गुम्बाहरुको पुनःनिर्माण सहयोेग योजनाको लागि विशेष पहल गरियो ।

यसक्रममा भारतीय दुतावासबाट पनि अत्यन्तै सकरात्मक प्रतिक्रिया प्राप्त भयो । र सोही अनुरुप गुम्बा पुनःनिर्माण योजनाको सम्पुर्ण आवश्यक प्रक्रियाहरु अगाडी बढाउने क्रममा नेपाल सरकारको सम्बन्धित सबै मन्त्रालय तथा निकायहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरियो । आवश्यक प्रक्रियाहरु अगाडी बढाउने क्रममा आएको विभिन्न बाधाहरुको बाबजुतपनि प्रथम ह्योल्मो खेन्पो छिमे छिरिङ माननीय संविधानसभा सदस्य डा।ल्हारक्याल लामाज्युको जिम्मेवारीपुर्ण भुमिकाले गर्दा यो योजनाहरुको सम्झौता एवम कार्यन्वयनको सम्पूर्ण प्रक्रियाहरु पुरा गरि सफलतापुर्वक बोलपत्र आव्हान गर्न सफल भएका छौं ।

यो ऐतिहासिक गुम्बाहरुको पुनःनिर्माण सफलताले नेपालको धर्म, संस्कृति, परम्परा एवम ईतिहासलाई भविष्यमा संरक्षण तथा संबद्र्धन गर्नलाई ठुलो मद्दत मिल्नेछ भनि हामीले आश लिएका छौंं । नेपालको कला, संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा अमुल्य योगदान प्रदान गर्ने मित्रराष्ट्र भारत सरकारसँग धार्मिक, सामाजिक तथ सांस्कृतिक सम्बन्धहरु अझ स्वतपुर्णसाथ दिगो रहोस् भनि कामना गर्दछौंं ।

अन्त्यमा पूर्व कानुनमन्त्री तथा माननीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद निमा लामाज्युलाई विशेष धन्यवाद सहित अन्य सहयोगी हातहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै गुम्बा निर्माण जस्तो यस पवित्र कार्यले विश्वमा फैलिएको कोरोना महामारीको संकटबाट सम्पुर्ण प्राणी जगतहरु शिघ्र मुक्त भएर जाओस् र विश्वका समुदायहरुबीच एकता कायम भएर विश्वमा शान्ति, समृद्धि, भाईचारा एवम निरोगीता छाओस भनि बोधिपरिणामना गर्दछु भन्दै सामाजिक संजालमा सेर्माथाङ गाउँका लामा सार्की कर्म लामाले लेखेका छन् ।

पूर्व मन्त्री डा. लामाको पहलमा भारतको कर्णाटक राज्य सरकारले भारत सरकार मार्फत भारतीय दुतावासको सहयोगमा नेपालका साँस्कृतिक तथा पुरातात्त्विक महत्वका संरचनाहरुको पुनः निर्माण गर्ने कार्य अन्तरगत करोडौंको लगानीमा यो कार्य सुरु हुन लागेको हो ।

२ कात्तिक २०७७, आइतवार २२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु