माओवादी केन्द्रका युवा नेता भुषाल भन्छन् : ‘जनतालाई विश्वास दिलाउन सके मात्रै संगठन चलायमान हुन्छ’
काठमाडौ महानगरपालिका वडा नम्बर ७ मा माओवादी विशेष रुपान्तरण अभियान सफल हुँदै

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र भुषाल यतिबेला काठमाडौं जिल्लामा खटिएका छन्। तीन महिने रुपान्तरण अभियान काठमाडौ महानगरपालिका वडा नम्बर ७ को जिम्मेवारी पाएका उनले मुख्यगरी काठमाडौ महानगरपालीका वडा नम्बर ७ को शून्य अवस्थामा पुगेको संगठन ब्युँताउने लक्ष्य लिएका छन्।
युवा नेता भुषालले जनताको पार्टी र भ्रष्टाचारमुक्त पार्टी माओवादी पार्टी मात्रै भएको बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
बुधबार काठमाडौंमा आयोजित काठमाडौ महानगरपालीका वडा नम्बर ७ को विस्तारित वैठक कार्यक्रममा बोल्दै भुषालले भने’- संगठन त्यसै बन्दैन, जनतालाई विश्वास दिलाउनु सक्नुपर्छ, उनीहरुको मनमा पार्टीप्रति सकारात्मक छाप राख्न सके संगठन चलायमान हुन्छ,’। ‘उपत्यकामा पार्टी निर्माणमा खटिनु भएका तपाँई कमरेडहरु पहिला काठमाडौं बुझ्नुस्। यहाँको चरित्र, वर्ग र यहाँ विद्यमान समस्या पहिलाउन लागि परौँ।’
‘काठमाडौंको विशेषता बुझ्न जानिएन भने संगठन निर्माण गर्न सकिँदैन। यान्त्रिक शैलीले संगठन बन्दैन, यहाँ भौतिक आवश्यकता भन्दा बढी मनोविज्ञान महत्वपूर्ण छ,’ उनले थपे,‘ काठमाडौं इतिहास, कला, संस्कृति र अर्थतन्त्रको केन्द्रका रुपमा छ, सुरुदेखि आजसम्म यो सहर एक प्रकारको सम्मृद्ध, र प्रभावशाली रुपमै कायम छ।’
‘उपत्यकाबासीसँग सहज र सौहार्द संवाद एवम् सम्बन्धको सुरुवात नगरी यहाँ पार्टी फस्टाउन सक्दैन,’ उनले विश्लेषण सुनाए ‘एक पटक हामीलाई साथ दिएको काठमाडौंलाई हामीले पुनः विश्वासमा लिनुको विकल्प छैन। यो कुरालाई तपाईंहरुले गम्भीरतापूर्वक लिनैपर्छ,-मलाई सिकाउनुस्, म यस वडा न ७ मा सिक्न आएको छु।’
‘तपाईंहरु कोही काठमाडौं उपत्यका, यहाँको इतिहासबारे जानकार हुनुहुन्छ भने मलाई समय दिनु होला काठमाडौंको इतिहासबारे मलाई ‘क्लास’ लिनुपर्ने छ, नेताले सबै जानेको हुँदैन उसले पनि विषय विज्ञबाट सिक्नुपर्छ,’ उनले भने।
पार्टी संगठन निर्माण र परिचालनलाई उनले मुख्य जोड दिदै उपत्यकाका जनतासँग विशेष सम्बन्ध बनाउन उनले नेताहरुलाई सुझाव समेत दिएका थिए।
(तस्वीरमा हेर्नुहोस्)
१३ भदौ २०८०, बुधवार २०:३८ बजे प्रकाशित