अखिल (क्रान्तिकारी) ले मनायो ६० औं विद्यार्थी एकता दिवस
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अखिल (क्रान्तिकारी) ले ६० औं विद्यार्थी एकता दिवस भव्य रुपमा मनाइएको छ । मंगलबार संगठनले विद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदान प्रदान तथा डिजिटल वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्बजनिक गरि थापाथली क्याम्पसमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।
कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ त्यसै गरि गिरिराजमणि पाेखरेल, देबेन्द्र पाैडेल,हिमाल शर्मा,रमेश मल्ल रन्जित तामाङ लगाएतले सम्बोधन गर्नु भएको थियाे। उहाँहरुले विद्यार्थी एकता दिवसको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै भावी राजनीतिक क्रान्तिमा विद्यार्थी आन्दोलनको भूमिका अझै महत्वपूर्ण हुने बताउनु भयाे ।
त्यसैगरी कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंह उपाध्यक्ष इन्द्र भुषाल, पवन कार्की, जिपि मैनालि, मदन भुल लगाएतले समेत मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय पदाधिकारीकाे नेतृत्व , केन्द्रीय सदस्य, आम नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियाे ।
२ जेठ २०८१, बुधवार १३:०६ बजे प्रकाशित