बुद्धराज अर्यालको अध्यक्षतामा अखिल (क्रान्तिकारी) हेटौंडा जिल्ला सम्मेलन सम्पन्न
हेटौंडा । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुरले २३ औं जिल्ला सम्मेलन सम्पन्न गरेकाे छ ।
साेमबार हेटौंडामा सप्पन्न सम्मेलनले बुद्धराज अर्यालको अध्यक्षतामा उपाध्यक्षमा दिपक वाइवा निरुता पाख्रिन सचिव छोइसाङ लामा , अब्युदय खनालविजन लटौला सुजन सिलवाल, सुवार थोकर, कोषाध्यक्षमा अनिल बस्याल निर्वाचित भएका हुन् ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष पंन्चा सिहले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेकी हुन् ।
अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल, कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पनि सर्वसाधारण जनताको पहुँच पुर्याउन नसकेको बताउँदै द्वैध शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको पहुँचमा हुने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य रहेकाे बताएकी हुन् । शैक्षिक क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने भन्दै त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्नेमा उनले जोड थियो।
राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष इन्द्र भुषालले बताए । अखिल क्रान्तिकारीले वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो अभियान, सुदृढ सगठन निर्माणको लागी २३ औ जिल्ला सम्मेलन भन्ने नारालाई प्रमुख एजेण्डा बनाएर मकवानपुर जिल्लाले आफ्नो कार्यलक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको समेत महासचिव दिपेश पुनले बताए । क्रान्तिकारीले असोज २ देखि ५ गते चितवनमा २३ औँ राष्ट्रिय सम्मेलन गर्दैछ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हेटौंडा जिल्ला इन्चार्ज विजय गौतम, जिल्ला फ्याक्सन इन्चार्ज ललित घालन, अखिल (क्रान्तिकारी ) केन्द्रिय उपाध्यक्ष पवन कार्की, मदन भुल, सुर्यनारयण शाह, नारायण खनाल, जीपी मैनाली,क्षितिज सापकोटा सहित केन्द्रिय सचीव श्याम रोक्का, दुतराज तामाङ, प्रदीप शर्मा लगायत मकवानपुर जिल्ला भित्र रहेका बिभिन्न क्याम्पसहरुबाट प्रतिनिधित्व गरि आएका बिध्यार्थीहरुकाे उपस्थित रहेकाे थियाे ।
१५ असार २०८१, शनिवार १०:५५ बजे प्रकाशित