पार्टी अध्यक्षलाई घेराबन्दी गरेर हाेईन, प्रचण्डलाई साथ दिएर अगाडी बढाैँ : नेता भुषाल
'पार्टी नेतृत्वमा अहिले 'प्रचण्ड' को विकल्प प्रचण्ड हुन्'
काठमाडौ । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष इन्द्र भुषालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प अहिले प्रचण्ड रहेको कुरा बताए । पार्टी नेतृत्वमा अध्यक्ष परीवर्तन लगाएत विषयमा प्रस्ताव उठे पछि नेता भुषालले यस्ताे प्रतिक्रिया दिएका हुन् ।
हाम्रा बहस छलफल गर्ने समय सन्दर्भ अहिले अलि मिलेन कि ? अहिले हामी एकताबद्ध भएर दुश्मनहरुसंग लड्ने हो? अहिलेको समय हाम्रो पार्टी शक्ति मजबुद बनाउन लाग्ने हाे? भन्दै नेता भुषालले नेतृत्वप्रती प्रश्न गरेका हुन् ।
मुक्ति खबर अनलाईसँग कुराकानी गर्दै नेता भुषालले भने हाम्रा पार्टी जनबर्गीय संगठनका हरेक समितिलाई निर्वाचन विधिमा लगेर नेतृत्व चयन गर्ने निर्णय पहिला नै भएको विषय उल्लेख गर्दै यसलाई कार्यन्ययन गर्न अपिल गर्दै हाम्रा हरेक समितिहरुको निर्धारित समयमा सम्मेलन भेला गर्न लागि पर्नु पर्ने आवश्यकता रहेकाे बताए ।
माओवादी नेतृत्वमा रहेको सरकारले भष्ट्रचारी माफिया तस्करहरुलाई कारर्वाही र जनताका जनजिविकासँग जोडिएका सबै खाले काम उच्च प्राथमिकताका साथ गर्दा गर्दै कांग्रेस र एमालेका नेताहरु बिभिन्न काण्डमा समातिने डरले रातरात समिकरण परिवर्तन भएर सरकार ढलेकाे कुरा समेत नेता भुषालले उल्लेख गरे।
सरकार ढले पनि हामी इतिहासदेखी अहिले सम्मका सरकारहरुको तुलना गर्ने हो भने अहिले सम्म निर्माण भएका सरकारहरु मध्य सबै भन्दा जनताप्रति उत्तरदायी सरकार प्रचण्ड सरकार मात्रै रहेकाे बताए ।
हामी हाम्रो पार्टी पछाडी पर्नुको कारण हामीले गरेका राम्रा कामहरुलाई जनतासम्म पुर्याउन नसक्नु हो उनेले भने । त्यसैले अहिले हामीले गरेका राम्रा कामहरु, लगाएत गर्न कोसिस गरेका सबै राम्रा कामलाई ब्यान्डिङ गरौ जनतामा जाउ आन्तरिक रुपमा पार्टी एकताबद्ध गरौ , अनि सम्पुर्ण माओवादी पार्टीहरुलाई एकताबद्ध गरेर मजबुद माओवादी पार्टी र जनताको पार्टी बनाउन लागि पर्नु पर्ने बताए । त्यसैले यी सबै अभिभारा पुरा गर्न प्रचण्डको विकल्प खोजेर होइन , पार्टी अध्यक्षलाई घेराबन्दी गरेर हाेईन, प्रचण्डलाई साथ दिएर अगाडी बढ्न पार्टी नेतृत्व, आम कार्यकर्ताप्रती अपिल समेत गरेका छन् ।
२७ साउन २०८१, आइतवार १८:५९ बजे प्रकाशित