इन्द्र भुषाल भन्छन् : ‘आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन २३ ओेेैँ राष्ट्रिय सम्मेलन महत्वपूर्ण छ’

अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष इन्द्र भुषालद्वारा सशक्त रुपमा सम्मेलनमा लागि पर्न निर्देशन

Nepal Life Insurance Long Ad

काठमाडौ । अखिल क्रान्तिकारीकाे २३ ओेेैँ राष्ट्रिय सम्मेलन केन्द्रीय कमिटीले घाेषणा गरेको मिति (२०८१ असाेज २-५) सम्ममा सम्पन्न हुने वा नहुने यी दुवै प्रश्न आम नेता कार्यकर्ताप्रती उब्जीएकाे छ। कार्यकर्ता नेताहरु नै सम्मेलन हुने वा नहुने भन्ने विषयप्रती शंकाकाे घेरामा रहेका छन्, याे बहश अहिले निरन्तर नेतृत्वमा चलि रहेको छ ।

  यहि बिषयलाई प्रश्ट पर्दै अखिल क्रान्तिकारीकाे २३ ओेेैँ राष्ट्रिय सम्मेलन असाेजमा नै हुने कुरा उल्लेख गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष इन्द्र भुषालले आसन्न सम्मेलनमा सबैलाई विशेष महत्वका साथ लाग्न अनुरोध गरेका छन् । विद्यार्थीहरूको हकहितको सुनिश्चितता र शैक्षिक आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन  २३ ओेेैँ राष्ट्रिय सम्मेलन अत्यन्त महत्वपूर्ण रहेकाे नेता भुषालले उल्लेख गरेका छन्।

सबैलाई सम्मेलनमा एकजुट भई सक्रिय सहभागिता जनाउन विशेष अनुरोध गरेकाे बताए । साथै सम्पुर्ण  नेता कार्यकर्ताहरुका विचार, ऊर्जा, र समर्पण नेतृत्वमा आवश्यक रहेको बताउँदै, एकता, अनुशासन, र प्रतिबद्धताले मात्रै लक्ष्य प्राप्त गर्न मार्गदर्शन गर्ने कुरा समेत बताए ।

नेता भुषालले भने ‘सम्मेलनले आन्दोलनलाई नयाँ दिशानिर्देश र उचाइमा पुर्‍याउने अवसर हो’, त्यसैले घाेषणा गरेकाे समयमा नै सम्मेलन सम्पन्न गर्नुपर्ने दायित्व रहेकाे छ, सम्मेलन सम्पन्न गर्न सबैको योगदान रहेको छ, त्याे हामिले अपेक्षा गरेका छाै ।’

आम नेता कार्यकर्ताहरुलाई अहिलेकाे महत्त्वपूर्ण समयमा निरन्तर पूर्ण रूपमा संगठन विस्तार गर्न निर्देशन दिदैँ विद्यार्थी हकहितका मुद्दाहरूलाई अझ सशक्त बनाउन समेत आग्रह गरेका छन् ।

अखिल क्रान्तिकारीकाे २३ ओेेैँ राष्ट्रिय सम्मेलन २०८१ असाेज २  गते देखि ५ गते सम्म काठमाडौ हुने भनी घाेषणा गरेकाे छ ।

४ भदौ २०८१, मंगलवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु