माओवादी केन्द्र र अखिल (क्रान्तिकारी) काे संयुक्त आयाेजनामा सरसफाई कार्यक्रम हुने

सिफल कालोपुल अवस्थित धर्मभक्त माथेमा सालिकको परिसरमा सरसफाई गरिने

Nepal Life Insurance Long Ad
काठमाडौ ।  नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समितिले सरसफाई कार्यक्रम गर्ने भएको छ ।
काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति र अखिल (क्रान्तिकारी) काे संयुक्त आयाेजनामा  ‘आफ्नो ठाउँ, आफै बनाऔँ’ भन्ने मूल नाराका साथ काठमाडौंको सिफल कालोपुल अवस्थित धर्मभक्त माथेमा सालिकको परिसरमा कात्तिक  २४ गते शनिबार बिहान सरसफाई गर्न लागिएको हाे ।
सरसफाई कार्यक्रम २०८१ कात्तिक २४ गते शनिबार बिहान ७ :३० बजे सुरु हुने कार्यक्रम संयोजनकर्ता एवम् अखिल (क्रान्तिकारी) का निबर्तमान केन्द्रीय उपाध्यक्ष इन्द्र भुषालले जानकारी दिए। साथै  नेता भुषालले उक्त कार्यक्रममा उपस्थिती हुन आम नेता कार्यकर्ताहरु समक्ष अपिल समेत गरेका छन् ।

२३ कात्तिक २०८१, शुक्रवार २०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु