“आफ्नाे ठाउँ आफैँ बनाऔँ ” अभियानद्वारा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । “आफ्नाे ठाउँ आफैँ बनाऔँ ” अभियानले बृहत सार्वजनिक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

“आफ्नाे ठाउँ आफैँ बनाऔँ ” अभियानकाे नियमित कार्यक्रम अन्तर्गत आज चाबहिल अवस्थित स्तुपामा अभियानले निरन्तर गरेकाे कार्यक्रमको समीक्षा र आगामी कार्यक्रमको तयारी विषयक बृहत सार्वजनिक छलफल कार्यक्रम गरेको हाे। उक्त अभियानले निरन्तर रुपमा सरसफाइ कार्यक्रम लगाएत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आई रहेकाे छ ।

छलफल कार्यक्रममा माओवादी केन्द्रका युवा नेता अखिल (क्रान्तिकारी) का निबर्तमान केन्द्रीय उपाध्यक्ष इन्द्र भुषाल,समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सामाजिक अभियन्ता ओसिम आलाम , नेका युवानेता एवं प्राध्यापक राजकुमार ढुङाना माओवादी केन्द्रका नेता देबेन्द्र खडका , सरोज पन्त, युवा विद्यार्थीहरु,बुद्धिजीबी समाजसेवी लगाएतकाे उपस्थिति रहेको थियाे ।

२२ मंसिर २०८१, शनिवार १५:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु