चावहिलमा आगलागी : माओवादी केन्द्रका नेता इन्द्र भुषाल नेतृत्वकाे टाेलिद्वारा आगाे नियन्त्रणमा

Nepal Life Insurance Long Ad

काठमाडौ । काठमाडौ महानगरपालिका वडा नम्बर ७ चावहिलमा विद्युत सर्ट भई आगलागी भएको छ। चावहिल स्थित स्तुपा अगाडी साेमबार आगलागी भएको हाे।

उक्त आगलागी माओवादी केन्द्रका नेता इन्द्र भुषालकाे नेतृत्व टाेलिले नियन्त्रण गरेको छ । आगलागी भएको ठाउँमा समयमा दमकल नआए पछि नेता भुषालकाे नेतृत्वकाे टाेलिद्वारा आगलागी नियन्त्रण गर्न सफल भएको हाे।

समयमै आगलागी नियन्त्रण गर्न सफल भएको कारणले खासै कुनै पनि क्षति नभएको नेता भुषालले जानकारी दिए । साथै नेता भुषालले भने- हामि समयमै आएर आगाे निभाउन लाग्याै सायद हामी समयमै नआएकाे भए ठुलाे जनधनकाे क्षति हुन सक्थ्याे।

करीब ८ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरीकाे प्रयासले आगाे निभाइएकोे थियो ।

(भिडियो सहित)

 

२८ माघ २०८१, सोमवार २३:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु