अस्ट्रेलियाविरुद्ध भारत निरीह, टिमको स्कोर ४ रन, कोहली, धवन र रायडु आउट

6.57K
shares

काठमाडौं। कप्तान स्टिभ स्मिथ र ओपनर डेभिड वार्नर प्रतिबन्धमा परेपछि निकै कमजोर भएको अस्ट्रेलियाविरुद्ध पहिलो वन डेमा भारत झनै निरीह देखिएको छ । अस्ट्रेलियाको लागि वन डे डेब्यू गरेका जेसन बेहरेन्डर्फ र झि रिचार्डसनको कसिलो बलिङका अगाडि भारत कमजोर देखिएको हो । भारतले टिमको स्कोर ४ रन हुँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । झि रिचार्डसनले कप्तान विराट कोहली र अम्बाती रायडुको विकेट लिए । बेहरेन्डर्फले शिखर धवनलाई आउट गरे ।

४ ओभरको खेल सकिँदा भारतले ४ रन बनाउँदै ३ विकेट गुमाइसकेको छ । अहिले क्रिजमा ओपनर रोहित शर्मासँग महेन्द्रसिंह धोनी छन् । २८९ रनको लक्ष्य पच्छ्याइरहेको भारतका लागि यो स्कोर निकै कठिन बनेको छ । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २८८ रन बनाएको थियो । अहिले भारत जीतको लागि संघर्ष गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083