भुटानलाई हराउँदै नेपालले जित्यो पुरुष फुटबलमा स्वर्ण
वि.सं.२०७६ मंसिर २४ मंगलवार ११:१८
4.68K
shares
shares

काठमाडौं । भुटानलाई २-१ ले हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर, ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बाँकि खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।
साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो ।


























