उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

5.17K
shares

काठमाडौँ। सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपाल सरकारका उपसचिवसमेत रहनु भएका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ ।

प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ ।

उपसचिव रिजाल पदमा रहीरहँदा आफूमाथि लागेको अभियोगको प्रमाण लोप गर्न सक्ने भएकाले तत्काल निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

गृह मन्त्रालयले रिजालमाथि अभियोग लागेपछि तत्कालै दोलखाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083