खुट्टा भएका सर्प !
वि.सं.२०७६ मंसिर २५ बुधवार ०८:३४
17.51K
shares
shares

काठमाडौं । सर्पको खुट्टा हुँदैन हामी सबैलाई थाहा छ। तर, ७० करोड वर्ष अगाडि सर्पको खुट्टा भएको वैज्ञानिकहरुको नयाँ खोजले पत्ता लगाएको छ।
अमेरिकी जर्नल साइन्स एडभान्सेसमा प्रकाशित भएको एक अनुसन्धानमा सर्पको खुट्टा भएको जनाइएको छ। सर्पका जीवाश्मको नयाँ अध्ययनबाट सर्पहरुको खुट्टा भएको पत्ता लागेको हो।
अर्जेन्टिाकाको पाटागोनिया क्षेत्रमा भेटिएका सर्पका जीवाश्ममा सर्पहरुको खुट्टा हुने गरेको संकेत पाइएको छ।
अध्ययनअनुसार पहिलेका सर्पहरु अहिलेकाभन्दा तुलनात्मक रुपमा ठूला खालका हुन्थे। ७० करोड वर्षयता देखि भने सर्पहरुको खुट्टा हराउन थालेको अनुसन्धानमा बताइएको छ।
















