४ जिल्लाका सिडियो फेरिए‚ को कहाँ पुगे ?

7.54K
shares

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, कारागार व्यवस्थापन विभागका निर्देश र प्रमुख अध्यागन अधिकृत परिवर्तन गरेको छ । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

उनलको ठाउँमा प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेललाई पठाइएको छ। यस्तै, कारागार विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहटको प्रजिअको जिम्मेवारी दिइएको छ। काठमाडौंको कायममुकायम प्रजिअ किरण थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको छ। गृहमा कार्यरत उपसचिव रमा आचार्यले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

सोलुखुम्बुका यसअघिका प्रजिअ वेदनिधि खनाललाई भने रुपन्देहीको सहायक प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083