थप ६३८ जनामा कोरोना काेराेना पुष्टि, जम्मा संख्या २३ हजार ९४८
वि.सं.२०७७ साउन २७ मंगलवार १६:५३
5.92K
shares
shares

काठमाडौं । आज मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।
पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त भएका छन् भने कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।


























