१०३ वर्षीय छविलाललाई नगरपालिकाको सम्मान

6.29K
shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद रु २० हजारका साथमा सम्मानपत्र प्रदान गरे।

नेपालीलाई सम्मान गर्न नगरप्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो । शारीरिकरूपमा अझै पनि सक्रिय रहेका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिनएको छ ।

ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उनी अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहनुभएको वडाध्यक्ष राईले बताए । “उहाँ यो उमेरमा पनि क्रियाशील हुन् । उनलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन”, उनले भने, “नृत्यकर्म आफैँ गर्छन् । हिँडडुलदेखि घरका सामान्य कामसमेत सघाउने गर्नुहुन्छ ।”

विसं १९७५ वैशाख १५ गते जन्मिएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरकै सबैभन्दा ज्येष्ठ नागरिक छविलालका चार छोरा र दुई छोरी छन् । नगरपालिकाले हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा तीन हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको नगरप्रमुख रिजालले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083