माडीको बघौडा अस्पताल २५ श्यया

Nepal Life Insurance Long Ad

माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताए ।

विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरिएको थियोे । २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ श्ययाको अस्पतालका रुपमा विकास गरिएको हो । माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख बजेट विनियोजन गरेको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । भिडियो एक्स–रे लगायतका औजार र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उहाँले जानकारी दिए ।

पछिल्लो समय एमबीबीएस अध्ययन गरेका चिकित्सकद्वारा उपचार हुने भएपछि बिरामीको रोजाइ यही अस्पताल बन्ने गरेको छ । बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ । अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिए।

“भरतपुरमा प्रदान गरिने प्रकारकै सेवा यही उपलब्ध छन्”, महतोले भन्नुभयो, “ठूलो सङ्ख्याको जनशक्तिले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । भौतिक अभाव र प्राविधिक अपूर्णता यहाँको सेवामा चुनौती नै छ ।” माडी नगरपालिकाले यसै आर्थिक वर्षमा ३० लाख लागतमा भवन निर्माण गर्ने निर्णय गरेको महतोले बताए । उनको अनुसार सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको महतोले जानकारी दिए।


सिन्धुली प्रहरीद्वारा  निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

सिन्धुली प्रहरीद्वारा निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

२०८१ साउन २३ बुधवार

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निरन्तर उत्कृष्ट कामकाे शुरुवात...

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८१ असार २३ आइतवार

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

२०८१ असार १ शनिवार

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल जावलाखेलको...

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

२०८१ असार १ शनिवार

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक...

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

२०८१ जेठ १५ मंगलवार

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत...

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

२०८१ जेठ ७ सोमवार

राेल्पा । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं.४ लिबाङ स्थित...