नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ

7.02K
shares

काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरेका थिए। उनले पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ। उपप्रधानमन्त्री पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले राखेका छन्।

प्रधानमन्त्री कार्यालयअन्तर्गत सम्पत्ति शुद्धीकरण, राजस्व न्यायाधिकरण, राष्ट्रिय अनुसन्धानलगायत महत्वपूर्ण विभागीय जिम्मेवारी पोखरेलले सम्हाल्ने गरी उनलाई त्यता सारिएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।


divya collage
unigloble collage