वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’

11.93K
shares

काठमाडौँ । नेपाल समाचार केन्द्र प्रालिले नेपालको पत्रकारिताको विकासमा चार दशकदेखि पु-याउनुभएको विशिष्ट योगदानको कदरस्वरुप वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलार्ई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

न्युज कारोबार डिजिटल पत्रिकाको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरन्जीवी नेपालले उहाँलाई कदरस्वरुप नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

कारोवार दैनिकका तत्कालीन कार्यकारी सम्पादक विजयबाबु खत्रीको रुपन्देहीको शालझण्डीमा २०६८ साल मङ्सिर १२ गते ३४ वर्षको उमेरमा सवारी दुर्घटनामा निधनभएपछि उहाँकी धर्मपत्नी लक्ष्मी श्रेष्ठले उक्त स्मृति पुरस्कार स्थापना गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक, लण्डन स्कूल अफ जर्नालिजमबाट अनर्स सहितको डिप्लोमा गर्नुभएका वरिष्ठ पत्रकार अधिकारीले स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता अध्यापन र अनुशिक्षणमार्फत मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि विशिष्ट योगदान पु¥याउँदै आउनुभएको छ ।

वरिष्ठ पत्रकार अधिकारीसँग स्वदेशमा गोरखापत्र दैनिक र नेपाल प्रेस इन्स्टीच्यूट तथा विदेशी समाचार संस्थाहरु, बीबीसी नेपाली सेवा, रोयटर्स, डी डब्लु रेडियो जर्मनी, योमिउरी शिब्बुन समाचारपत्र जापान, न्यूर्योक टाइम्स समाचारपत्र अमेरिका र टाइम साप्ताहिक पत्रिका अमेरिकाको नेपालस्थित प्रतिनिधिका रुपमा काम गरेको अनुभव छ ।

समारोहमा गर्भनर डा नेपालले पत्रकारिताको सिद्धान्त र आचरणभित्र रही स्वच्छ एवं स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारका रुपमा वरिष्ठ पत्रकार अधिकारी स्थापित हुनुहुन्छ भन्नुभयो ।

उनले भने, “समाजलाई ठिक मार्गमा हिँडाउन योगदान पु¥याउने अध्ययनशील पेशा भनेकै पत्रकारिता हो, मुलुक र समाजलाई अप्ठेरो पर्दा यो क्षेत्रबाट महत्वपूर्ण योगदान हुन सक्छ, पत्रकारितामा लाग्ने व्यक्ति अध्ययनशील, राष्टवादी हुनुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले स्वतन्त्ररुपले कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार अधिकारीलाई पुरस्कार प्रदान गर्नु भनेको नेपाली पत्रकारिता क्षेत्रकै सम्मान होबताए ।

पुरस्कृत व्यक्तित्व वरिष्ठ पत्रकार अधिकारीले पत्रकारिता क्षेत्रको विश्वासनीयता प्रतिको सम्मानका रुपमा पुरस्कार ग्रहण गरेको बताउँदै पत्रकारिता क्षेत्रले मर्यादा र शिष्टतालाई छोड्न नहुनेमा अहिले समाजमा त्यो कम हुँदैगएको भनी आलोचना सुनिदैआएको बताए ।

स्व पत्रकार खत्रीकी धर्मपत्नी श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तिका रुपमा रहनुभएका वरिष्ठ पत्रकार अधिकारीलाई संस्थाले पहिलो स्मृति पुरस्कार प्रदान गर्न जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083