रोहिंग्या शरणार्थीले नेपालमा बनाए २३ टहरा

Nepal Life Insurance Long Ad

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा केही दिनदेखि केन्द्रित रहँदै आएका राष्ट्रिय अखबारहरू आजबाट अन्य विषयतर्फ ‘सिफ्ट’ भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका विज्ञ सल्लाहकारको भूमिका, सभामुख चयन, खप्तड क्षेत्रको पूर्वाधार निर्माणलगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले सामग्री छापेका छन् ।

कान्तिपुरले ‘खप्तडमा गडबड’ शीर्षक दिएर पछिल्ला १२ वर्षमा यो क्षेत्रमा छुट्याइएको बजेट र यहाँको पूर्वाधार निर्माणको अवस्थाबारे खोजमूलक सामग्री छापेको छ । कान्तिपुरका अनुसार मनोहर छटा र सांस्कृति वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १२ वर्षमा ५२ करोड रुपैयाँ खर्च भइसके पनि त्यहाँ गोरेटो बाटोसम्म निर्माण भएको छैन ।

कांग्रेसमा देखापरेको पछिल्लो विवादबारे पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक समाचार बनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार बोलाइएको कांग्रेस बैठक बहिस्कार गरेपछि कांग्रेसभित्रको विवाद चर्चामा छ । १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न देउवाले आनाकानी गरेपछि पौडेललगायतका कांग्रेस नेता सभापति शेरबहादुर देउवासँग रुष्ट छन् ।

कान्तिपुरकै भित्री पृष्ठमा नेपाल भित्रिएका विभिन्न देशका शरणार्थीबारेको एक सामग्री पनि छन । समाचार अनुसार, नेपालमा ९ देशका शरणार्थी छन् । नेपाल प्रवेश गर्नेमा पाकिस्तान, अफगानिस्तान, म्यानमार, श्रीलंका, इराक, इरान, सोमालिया र कंगोका शरणार्थी छन् । यूएनएचसीआरका अनुसार यी सबै ९ देशका शरणार्थीको संख्या ६ सय ४२ छ । यसमध्ये म्यानमारका रोहिंग्यामात्रै ३ सय ५० छन् । शरणार्थी मान्यताका लागि ५ देशका ४२ जनाले आवेदन दिएका छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकारको प्रावधानअनुसार कुनै देशको नागरिकले अर्को मुलुकमा पुगेर शरणार्थी हैसियतमा आवेदन गर्न पाउँछन् । त्यसैले सरकारी तहमा कुनै सूचना नरहे पनि यूएनएचसीआरमार्फत विदेशी नागरिकले आवेदन दिने गरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई सुझाव–सल्लाह दिन नियुक्त सल्लाहकारले प्रथम श्रैणीका कर्मचारीलाई ठाडो निर्देशन दिने असंवैधानिक चलन सुरु गरेको भन्दै अन्नपूर्णले आलोचना गरेको छ ।

अन्नपूर्णका अनुसार राष्ट्रका नाममा शपथ नखाएका तर सुझाव दिनमात्र सम्बन्धित क्षेत्र तोकिएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले कर्मचारीलाई बोलाएर पालैपालो प्रवचन दिएका हुन् ।

दरबार हाइस्कुलको भवन भव्य भए पनि विद्यार्थी आकर्षण भने नदेखिएको अर्को खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

सर्वोच्च अदालतले बहुचिर्चत सुडान मिसन भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका शम्भु भारतीका लागि पुनः सुनुवाइ गर्न लागेको समाचार नागरिकमा छ भने राजधानीले आर्थिक वृद्धि ६.४ प्रतिशतमा खुम्चने विश्व बैंकले प्रक्षेपण गरेको लेखेको छ ।


वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

२०७७ चैत १४ शनिवार

इलाम : महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको...

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

२०७७ पुस ४ शनिवार

 नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार...

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

२०७७ पुस २ बिहीवार

काठमाडौँ । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको...

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

२०७७ पुस २ बिहीवार

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९...

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

२०७७ पुस १ बुधवार

भ्रष्टाचार बढाएको र विधि–विधानको अपमान गरेको आरोपमा पार्टीभित्रै चर्को दबाब...

यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

२०७७ मंसिर २९ सोमवार

राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २...