उपमेयर खड्गीले मेयर विद्यासुन्दर शाक्यको मागिन् राजिनामा

8.59K
shares

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्का माथि विभिन्न आरोप लगाए पछि खड्काले खण्डन गरेकी छिन्।

टेलिभिजनको कार्यक्रममा कुरा गर्दै खड्गीले खुला मञ्चमा बनाइएका अवैध सटरबारे अनुगमन गर्न र टुङ्गो लगाउन आफूलाई कुनै जिम्मेवारी नै नदिइएको दावी गरिन्।

मेयर शाक्यले उपमेयर खड्गीालई जिम्मेवारी दिइए पनि काम नगरेकाले डोजर लगाएर भत्काउनु परेको दावी गरेका थिए। तर खड्गीले मेयर शाक्यले अनावश्यक र झुटो तर्क गरेको आरोप लगाइन्।

खुलामञ्चमा डोजर लगाउने निर्देशन प्रधानमन्त्री केपी ओलीले नै दिएपछि मात्रै डोजर लगाइएको भन्दै खड्गीले मेयर शाक्यले आफैँले गरेजस्तो गरी जस लिन खोजेको आरोप लगाइन्।

उपमेयर खड्गीले मेयर शाक्यका कारण महानगरले राम्रोसँग काम गर्न नसकेको आरोप लगाउँदै राजिनामा समेत माग गरेकी छिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083