नेकपा स्थायी कमिटि बैठक : प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

6.57K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले समसामायिक राजनितिक, घटनाक्रम, पार्टीको आगामी नीति तथा रणनीति समेटिएको विषयमा प्रतिवेदन पेश गरेका हुन् ।

पेश भएको प्रतिवेदनमा सोमबारदेखि निरन्तर छलफल हुने भएको छ । करिब दुई घण्टा स्थायी कमिटी बैठक चलेर स्थगित भएको छ।

बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पनि पेश गरेका छन्। स्थायी कमिटी सदस्य भीम रावलले सोमबार ११ बजे फेरि बैठक बस्ने जानकारी दिए।