अनेरास्ववियूका सह-संयाेजक रन्जित तामाङलाई जुन हिसाबले बदनाम गर्ने प्रयत्न हुँदैछ याे गलत छ : थापा

9.67K
shares

काठमाडौ । यति बेला सत्ता रुढ दल नेकपा निकट विद्यार्थी संगठ अनेरास्ववियू भित्र चर्को बिवाद निम्तिएको छ ।

संगठनका संयोजक ऐन महर र संयोजक रन्जित तामाङ बिच यति बेला विबाद परि रहेको छ ।

विवादको प्रमुख कारण संयोजक ऐन महर बनी रहेका छन् , उनी गुटगत भेला गर्ने , संगठन भित्र छलफल नै नगरी आफुलाई अनुकुल मिलाएर विज्ञप्ति निकाल्ने लगाएत विभिन्न यस्ता गतिविधि गर्न थाले पछि अनेरास्ववियू भित्र संयोजक ऐन महरको आलोचना हुन थालेको छ ।

आफुले गरेको गल्ति ढाकछेप गर्न महरले आफु निकट नेता र कार्यकर्ताहरुलाई सहसंयोजक रन्जित तामाङका बिरुद्ध बोल्न कार्यकर्ताहरु परिचालन समेत गर्न थालेका छन् ।

करिब दुई बर्ष अगाडि अनेरास्ववियू नेता दिपक थापा सँग जोडिएको फोन संवादलाई लिएर एेन महरका कार्य कर्ताहरुले सहसंयोजक तामाङको बिरोध गरि रहेका छन् । तर यस घटना भित्र सत्यता नरहेको, यस्तो प्रचार गर्नु गलत भएको भन्दै नेता थापाले आपत्ति जनाएका छन् ।

उनले त्यो बेला गरेको फोन संवादबारे यसरी खण्डन गरेका छन्

दुई बर्ष अगाडि मसंग भएको फोन सम्बादको बिषयलाई लिएर अनेरास्ववियूका सह(संयोजक कमरेड रन्जित तामाङलाई जुन हिसाबले बदनाम गर्ने प्रयत्न हुँदैछ यो सर्बथा गलत छ, यसमा मेरो घोर आपत्ति छ । वहाँ संगठनको नेता हो मेरो पनि नेता हो । वहाँको राजनीतिक इतिहास क्रान्ति र संघर्षले भरिएको छ यस्ता हल्का टीका टिप्पणिले वहाँको जग हल्लिने वाला छैन हेक्का रहोस् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083