संसारकै महँगो चिया, मूल्य १३ करोड

12.09K
shares

काठमाडौं। चीनको वुइसन इलाकामा एक विशेष खालको चिया पाइन्छ । डा–होंग पाओ टी नामको यो चियालाई संजीवनी बुटी भन्दा गलत हुँदैन । यसलाई चीनले आफ्नो राष्ट्रिय धन नै मान्ने गरेको छ ।

यो चिया मिंग वंशदेखि नै प्रचलनमा थियो र यसको खेती निकै गोप्य रुपमा गरिन्छ । रिपोर्टलाई मान्ने हो भने यो चिया पिउँदा थुप्रै रोगबाट मुक्ति मिल्छ । यो चियापत्तीको एक किलोग्रामको १।२ मिलियन डलर अर्थात् करिब १३ करोड रुपैयाँ पर्छ ।

चियापत्तीको एउटा ब्यागको १५ हजार डलर तिरेपछि तपाईंले एउटा यस्तो टिब्याग पाउनुहुन्छ जसमा २ सय ८० वटा हिरा जडान गरिएका हुन्छन् ।

पाण्डा डुङ्ग टि संसारको सबैभन्दा महँगो चियामा समावेश छ । एक किलोग्राम यो चियापत्तीको ७० हजार डलर करिब ७९ लाख रुपैयाँ पर्छ ।

यो चियापत्ती निकै दुर्लभ हुने र यो पौष्टिक तत्वले भरिपूर्ण भएकोले यतिधेरै महँगो भएको बताइएको छ ।


Mitsubishi Long Ad