सागका पदक विजेता खेलाडीलाई नगरपरिक्रमा गराइँदै

5.59K
shares

काठमाडौं । हालै सकिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदक विजेतालाई खेलाडीलाई नगरपरिक्रमासहित सम्मान गर्न लागेको हो ।

राखेपले सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय गरेको छ ।

नगरपरिक्रमाको कार्यक्रम बिहान ११ बजे शुरु हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु हुने नगरपरिक्रमा कार्यक्रम न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम गर्नेछ ।

सुर्यविनायक चोटबाट टोली पुन सल्लाहघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083