पिपीएल क्रिकेट : चितवनको चौथो जीत

Nepal Life Insurance Long Ad

कास्की । पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग पिपीएल टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।

आठौँ क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आउनुभएका लोकेस बमले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रनको अर्धशतक प्रहार गर्नुभए पनि टोलीलाई जिताउन पर्याप्त रहन सकेन । पुनित मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नुबाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले समान तीन÷तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिएका थिए । चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुआती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन जोडेका छन् । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोड्न सफल भए ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक÷एक विकेट लिउक्ँ थिउ । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौँ गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।

विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढीको समान दुई÷दुई अङ्क छ । आजको दोस्रो खेलमा बुटवल र धनगढीले स्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुने कार्यक्रम छ ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...