किन खेल्छ मनमा यौनका कुरा ?
वि.सं.२०७५ मंसिर ६ बिहीवार १७:१९
shares

काठमाडौँ । एक युवा जसलाई हस्तमैथुन गर्न मन लागिरहन्छ र दिमागमा यौनका कुरा मात्र खेलिरहन्छ । के यो रोग हो ? किन यौन सम्बन्ध राख्दा अण्डाशय दुखेर आउछ ? विशेष गरेर युवावस्थामा यौनेच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो ।
यौनेच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौनेच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई रोग मान्नुपर्ने कुनै कारण छैन । हामी सबै नै यौनिक हुन्छौं । प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यस्तो सबै स्वस्थ व्यक्तिमा हुन्छ । मानव जीवनका लागि भोक, निद्रा र प्यासजस्तै यौन पनि आवश्यक कुरा हो ।
मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । त्यसै गरी अर्का्तिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
यसको हल के होला ?
यौन सम्पर्क राख्नु नै यौनेच्छा शान्त पार्ने प्रमुख क्रियाकलाप हो । विवाह गर्ने सामाजिक परम्परा यौनेच्छा शान्त पार्न गरिने एउटा सामाजिक उपाय पनि हो । विवाहपूर्व यौनसम्पर्क गर्दा चियो–चर्चाको विषय हुन्छ भने विवाहपछि जति पटक यौन सम्पर्क गरे पनि त्यो चियोचर्चाको विषय हुँदैन । साथै बिवाहपूर्व गरिने यौन सम्बन्ध ठाँउ अनुसार सामाजिक नियम बिपरित पनि हुन सक्छ ।
प्यास लागे पानी पिउने वा भोक लागे खाना खानेजस्तै यौनेच्छा शान्त पार्ने कार्य गर्नु नै यसको हल हो । यौनेच्छा हुनु समस्या होईन किनभने यो स्वभाविक कुरा हो । जोडी नभएको अवस्थामा यौनेच्छा शान्त पार्न हस्तमैथुनलाई प्रयोग गर्नु यो सामान्य कुरा हो ।










