खाना अपच भएर तनावमा हुनुहुन्छ ? यी १० घरेलु विधि अप्नाउनुहोस्
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०९:००
shares

काठमाडौँ । खाना नपचेर वा फूड पोइजन जस्ता समस्याले अधिकाँश मानिसलाई पेटको समस्या हुन्छ। पेटमा अम्लीय पदार्थ अर्थात एसिडिटी बढ्ने समस्या त आमरुपमा नै पाइन्छ। एसिडीटी बढ्यो भने यी १० काम गर्नुस् तपाइँलाई एसिडिटीबाट मुक्ति मिल्छः
१) एक गिलास तातो पानीमा एक चुट्की कालो मरिचको चूर्ण र कागती नियमित सेवन गर्नुस्।
२) सलादकोरुपमा मुलाको सेवन गर्नुस् । कालो नून र कालो मरिच छर्केर खानुस्।
३) जाइफल र सुठोको टुक्रा पारेर सेवन गर्दा एसिडीटी नियन्त्रण हुन्छ।
४) खाना खाएपछि एक चम्चा जिरा खाने गर्नुस् एसिडीटी कम हुन्छ।
५) पिप्पली चूर्ण र मह मिसाए चाट्नुस् यसले पेट सफा राख्छ।
६) चीसो दुध सेवन गर्नुस्।
७) दिनमा आधा आधा चम्चा सोप, अमला र गुलावको फुलको रस सेवन गर्दा एसिडिटी नियन्त्रण हुन्छ।
८) नियमितरुपमा खाली पेटमा तातो पानी पिउँदा एसिडिटी बढ्छ।
९) नरियलको पानीले पनि एसिडिटीबाट आराम दिलाउँछ।
१०) ल्वाङ चुस्दा पनि एसिडिटी नियन्त्रण हुन्छ।




























