जब मृत घोषणा गरिएकी युवती ८ वर्षपछि एक्कासी जिउँदै भेटिएपछि …..

5.69K
shares

काठमाडौँ। भारतमा एक अचम्म लाग्ने घटना घटेको छ। भारतको झारखंडकी एक युवतीलाई मृत घोषणा गरेको ८ वर्षपछि फेला परेकी छन्। उनलाई ललाई फकाई घरबाट दिल्ली लागेका एक युवकले सजिलो काम लगाईदिने भन्दै एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा राखेको पाइएको समाचारमा जनाइएको छ ।

युवती बेच्ने दलालका रुपमा चिनिएकी ती युवाले घरबाट युवतीलाई लागेको केहि दिनपछि मृत्यु भएको खबर पठाएका थिए। दिल्लीबाट प्रकाशित हुने एक पत्रिकामा काम गर्ने व्यक्तिले बिना तलब शोषण गरेर राखिएको देखेपछि युवतीको तस्बिर खिचेर भाइरल बनाए । उक्त तस्बिर युवतीकै घरमा पुगेपछि उनको मृत्यु नभएको र घटनाको रहस्य खुलेको हो । युवतीका भाइले उद्धारका लागि गुमलाको एंटी–ह्यूमन ट्रैफिकिंग यूनिटमा निवेदन दर्ता गराएका छन् ।