गाडेको ८ दिनपछि ज्यूँदै निकालियो बच्चा – पत्याउन गार्हो छ, सायद भगवानको लिला येसैलाई भनिन्छ :

8.06K
shares

काठमाडौं । जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ । घरपरिवारे ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ ।

समाचार अनुसार लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो । उनी डराइन् र नजिकै रहेका एक बौद्ध भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् ।

दुबैले बच्चाको रुवाइ सुनेपछि एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ । तत्कालै उनीहरुले पुलिसलाई खबर गरे । पुलिसले बच्चा रोइरहेको ठाउँमा खोस्रिएर हेरे । दुइ फुटमुनि खोस्रिएपछि एउटा कागजको टोकरी फेला पर्यो ।

उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा ज्यूँदो बच्चा भेटियो । समाचार अनुसार उक्त बच्चाको ओँठ काटिएको हुनाले बच्चाकी हजुरआमाको त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् । बच्चालाई ८ दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बताएका छन् ।

जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको हुनसक्ने डाक्टरहरुले बताएका छन् । वर्षाको पानी समेत परेकाले बच्चाले पानीको थोपा खान पाएर उसको प्राण त्यतिका दिनसम्म धानिएको बताइएको छ । तर जे भएपनि माटोमुनि एक नवजात शिशु यतिधेरै दिनसम्म बाँच्न सक्नु ठूलै चामत्कारिक घटना भएकोमा सबै एकमत छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083