रञ्जु दर्शना भन्छिन,रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ

5.38K
shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘वैकल्पिक राजनीतिबारे कुरा मिलेपछि जोडिएका थियौं । तर, रवीन्द्रजी, मुमाराम खनालजी, केशव दाहालजी लगायतको बुझाइ नै फरक रहेछ । त्यसपछि एक्सनहरु नै फरक भयो । उनले तत्कालिन साझा पार्टीका नेताहरुमा ‘हामीले राजनीति बुझेका छौं । तपाईंहरुले बुझ्नु भएको छैन’ भन्ने सोचाइ रहेका कारण पनि समस्या भएको टिप्पणी गरिन् ।

‘देशमा विकासका लागि वैकल्पिक शक्तिको रुपमा उदाउने उद्देश्यले आएको भए पनि देशको स्थिति बीचमै अड्काउने किसिमको शैली देखेपछि छुटिट्यौं’, उनले थपिन् । विवेकशील साझा पार्टीका संयोजक थापाले केहीअघि पार्टी गलत बाटोमा हिँडिरहेको निश्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, त्यसमाथि पार्टीमा छलफल नै नभएको नेतृ दर्शनाले बताइन् ।

उनले भनिन्, ‘एक जना संयोजकले प्रतिवेदन निकालिसकेपछि छलफल हुनुपर्थ्यो । प्रक्रिया मिचेर निकाले पनि, नियमसम्मत निकाले पनि सुशासन आयोगले छलफल गर्नपर्थ्यो । तर, भएन । उनले अगाडि भनिन्, ‘उहाँहरुले सधैं समस्यालाई पर्दाले छेकिरहन खोज्नुभयो । तर, समस्यै छैन भनेर लागिरहँदा हामी कतै पुग्ने थिएनौं ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083