सिन्धुलीमा जीप दुर्घटना : ५ जनाको मृत्यु

4.54K
shares

काठमाडौँ । सिन्धुलीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। गाडीमा सवारमध्ये ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

जीपमा यात्रारत ८ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि धुलिखेल लगिएको डिएसपी थापाले बताए। सिन्धुलीमाडीतिर गइरहेको जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083