कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

5.69K
shares

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्याक्सको रुपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्रि बाँस्कोटाले आतंकवादलाई निमिट्यान्न पार्ने बताए। उनले हिंसालाई प्रोत्साहन नगर्न आग्रह गरे।

‘हामीले धेरै समय गुमाई सक्यौं। धेरै समय वर्वाद भयो। द्वन्द्वलाई प्रोत्साहन नगरौ‘, उनले भने। शान्तिपूर्ण तबरले हरेक मानिसको बाच्ने अधिकार भएको र त्यसको ग्यारेन्टी सरकारले गर्ने उनले बताए। कम्युनिस्टको नाम बेचेर कमाउनेहरु अलोकतान्त्रीक भएको उनको भनाई छ।

सेनाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिषय राजनीतिक मुद्दा हो मिलाउनुस भन्या छ,के हो रु भन्ने प्रश्नमा बाँस्कोटाले ‘कसले के भने भन्ने ठोस प्रमाण छैन। सेनाले सरकारको कुरा मान्दै आएको छ। कथाहरू उत्पादन गरेर,बिमोचन गरेर,समालोचना पनि बनाइएका छन्’, उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083