ऊर्जामन्त्री पुनको उदाहरणीय काम,गरिबलाई निशुल्क विद्युत् मिटर वितरण

6.99K
shares
काठमाडौ । आर्थिक अवस्था कमजोर भएका (विपन्न वर्ग) घरपरिवारलाई निशुल्क विद्युत मिटर वितरण गर्ने सरकारको कार्यक्रम कार्यान्वयन सुरु भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले सुरु गरेको सो कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरणले मुलुक भर रहेका आफ्ना वितरण केन्द्रहरु मार्फत विपन्न अघि बढाएको हो। प्राधिकरणले देश भरका गरिबहरुलाई निशुल्क मिटर जडान गर्ने काम सुरु गरेको छ।विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निशुल्क पाउने छन्। प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन। सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरि दिने छ।मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्क सहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजार देखि तीन हजार पाँच सय रुपैयाँ बराबरको लागत विपन्न वर्गले निशुल्क पाउने छन्। यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी (हुकिङ) मार्फत विद्युत प्रयोग गर्दै आएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले मुलुक भर रहेका वितरण केन्द्रका संजाल मार्फत विभिन्न वर्गलाई निशुल्क वितरण भइ रहेको जानकारी दिए।
‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निशुल्क मिटर वितरण पछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोग मार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ’,घिसिङले भने। ‘यस कार्यक्रमले विद्युत्को पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ।’ सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ।सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५/५ करोड रुपैयाँ बाँडफाँड गरेको थियो। क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको संख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन्।प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताए। कार्यालयले ३ हजार भन्दा बढी विभिन्न वर्ग घरधुरीमा निशुल्क मिटर जडान गरि सकेको छ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083