विप्लवले बेलैमा सरकारसँग वार्ता गरे हुन्छ

10.24K
shares

भुमिराज अधिकारी

काठमाडौ । केपी ओली नेतृत्वको सरकारले विप्लव समूहका गतिविधिलाई आपराधिक तथा विध्वंशकारी ठहर गर्दै फागुन २८ गते प्रतिबन्ध लगाएको हो। त्यस पछि त्यस्ता गतिविधिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने सरकारले बताउँदै आएको छ। उक्त समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई समेत कानुनी दायरामा ल्याउने सरकारको निर्णय छ।

विप्लव समूहको हिंसात्मक र विध्वंशात्मक क्रियाकलाप बढ्दै गइ रहेकाले त्यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न यो निर्णय लिएको सरकारको दाबी छ। जब विप्लवलाई सरकारले राजनीति प्रतिबन्ध लगायो तब विप्लव झन् उग्र भई रहेको छ। सरकारले बनाएको कानुन समेत पालना गर्न खोजि रहेको छैन आखिर के चाहान्छ त विप्लव !

सरकारले बारम्बार विप्लव समूह सित भएका हात हतिहार ससम्मान बुझाउन आग्रह गरि रहेको छ। तर विप्लव भने अटेरी गरि रहेको छ , उल्टो सरकार माथी आरोप प्रत्याआरोप लगाई रहेको छ। सरकारले विप्लवलाई बारम्बार भनेको छ, पहिला हतिहार बुझाउ त्यस पछि मात्र वार्ताको बाताबरण बन्छ। विप्लव सँग वार्ता गर्न सरकार तयार छ तर विप्लव भने तायार छैन।

सरकारले भनेको समयमा यदि विप्लव वार्तामा नआए विप्लव आफैँ सिधिन्छ, विप्लव सुरक्षित हुनु छ भने चाडो भन्दा चाडो वार्तामा आए राम्रो हुन्छ। अहिले सम्म त विप्लव प्रती सरकार भने सकारात्मक छ तर अब नहुन पनि त सक्छ? के हो विप्लवको उद्देश्य त्यो सरकारमा भन्नु पर्यो होईन भने विप्लव आफ्नै ढिपिमा हिड्न खोज्छ भने अन्तत : विप्लव पतन भएर जान सक्छ।

बेलैमा विप्वलव सचेत हुन जरुरी छ, होईन भने अब सरकारले विप्लवलाई त्यसै छोड्नेवाला छैन। सरकारले चाहेको छ विप्लवसँग वार्ता गर्न एउटै राजनीति मुद्धामा हिड्न सरकार पनि त सहमत नै छ। वार्तामा विप्लव नआउने तर सरकार आउने यो कमजोरी विप्लवको हो सरकारको होईन।

राजनीति मुद्दा लिएर अगाडी बढे मात्र जनताले विश्वास गर्न सक्छन्, विप्लवलाई होईन भने नेपाली जनताको मन जित्न सफल हुन सक्ने छैन विप्लव ! हिजोको जस्तै हात हतियार बम, बारुद ,गोली पढ्काएर जनतालाई दुख दिएर विप्लव सफल हुन सक्दैन यो त हिंसात्मक राजनीति हो।

कसैलाई धम्काएर चन्दा उठाएर विप्लव पार्टी चल्दैन अब यति हो विप्लवले सरकार सँग छिट्टै वार्ता नगरे विप्लव नरहन पनि त सक्छ। विप्लवलाई तब जनताले साथ दिने छन् जब की विप्लवले सरकार सँग वार्ता गर्छ। विप्लव सुरक्षित हुन चाहन्छ भने सरकार सँग वार्ता गरेर मात्र सम्भव छ होईन भने सम्भव छैन ।

अन्तत : विप्लवलाई सरकारले वार्तामा ल्याउन प्रयास गरि रहेको छ, विप्लव भने वार्तामा आउन चाहि रहेको छैन। बेलैमा सरकारसँग वार्तामा नआए ठूलो भुल हुने छ, पछि पछुताउनु नपरोस। विप्लव वार्तामा आई सरकार सँगै मिलेर देश बनाउन लागे हुन्छ अब अरु कुनै विकल्प छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083