नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

7.11K
shares

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश पुगेका छन्। उनी आज साँझ ५ः१५ बजे काठमाडौं पुगेका हुन्।

काठमाडौं पुगे लगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्नी सीताको उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेको प्रतिक्रिया दिए। रोग पुरानै तर उपचार पद्धति नयाँ रहेको उनको भनाई छ। प्रचण्डले पत्नी सीताका लागि केही नयाँ औषधिसमेत ल्याएको बताए।

पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिन अघि अमेरिका गएका थिए। अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका थिए। मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए।

अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए। यस्तै, अघिल्लो हप्ताको सोमबार प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083