‘राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ, भने यो भ्रम मात्र हो’ : विमलेन्द्र निधि

6.27K
shares

चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ, भन्ने पक्षमा नरहेको बताए।

पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि १ु भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गरे। राजतन्त्र सम्बन्धी अर्को एक प्रश्नको जवाफमा उनले भने, नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन।

लगानी सम्मेलन नेपाली कांग्रेसकै नेतृत्वमा शुरू भएको भन्दै उपसभापति निधिले आजदेखि शुरू भएको लगानी सम्मेलन सफल पार्नुपर्ने बताए। उनले भने – “नेपालमा लगानीकर्ता आउन् र समृद्धिका विभिन्न योजनामा स्वदेशी तथा विदेशीले लगानी गरुन् भन्ने हाम्रो चाहना हो तर सरकारले जुन किसिमको गृहकार्य गर्नुपर्ने हो त्यो हुन सकेको छैन।

पार्टीलाई सङ्गठित बनाएर लैजान आउँदो नयाँ वर्षसँगै राष्ट्रिय जागरण अभियान शुरू गरिने जानकारी दिँदै उपसभापति निधिले अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083