‘विश्वमा शान्ति स्थापनार्थ सवल बनाउन नेपालको पूर्ण समर्थन छ’ : रक्षामन्त्री पोखरेल

4.95K
shares

काठमाडौं । अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग शिष्टाचार भेटवार्ता गरेका छन्। संयुक्क्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भएको भेटवार्तामा मन्त्री पोखेरलले नेपाली शान्ति सेनाले राष्ट्रसंघको मुख्यालय र शान्ति मिसनमा नेतृत्वदायी तहमा भूमिका पाउनुपर्ने माग गरेका छन्।

भेटघाटका क्रमा रक्षामन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै यसलाई थप सवल बनाउन नेपालको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि खेल्दै आएको भूमिकाबारे चर्चा गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो रहेको धारणा व्यक्त गरे।

यही प्रसंगमा पोखरेलले शान्ति सेनामा महिला सहभागिता र राष्ट्र संघको मुख्यालय र शान्ति मिसनमा नेपाली शान्ति सेनाले नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरे। भेटवार्तामा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्‍याउने वचन दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083