ओली सरकारको पालामा किन मौलाउँदैछ जग्गा अतिक्रमण ? कहाँ कति लुटियो जग्गा ?
वि.सं.२०७६ वैशाख १४ शनिवार ११:१६
shares

काठमाण्डौ । भूमाफियाहरुले देशैभरका सार्वजनिक जग्गा मिच्ने र मास्ने क्रम तिब्र पारेका छन्। गुठी सस्थानको हजारौ रोपनीदेखी प्रधानमन्त्री निवाससम्मको जग्गा भूमाफियाहरुले कब्जा गरेका छन्। पछिल्लो तथ्याङ्ले सार्वजनिक जग्गा अतिक्रमको अवस्था विकराल रहेको देखाए पनि सम्बन्धी निकायहरु भने मौन देखिन्छ।
देशभर रहेका सार्वजनिक जग्गा कति अतिक्रममा परेका छन् भन्ने एकिन तथ्याङ्क स्वयम सरकार छैन। तर, पछिल्ला घटनाक्रमले के देखाउँछ भने अतिक्रम तिब्र गतिमा भइ राखेको छ। जसको पुष्टि स्वयम प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा ब्यक्तिको नाममा दर्ता भएको घटनाले पुष्टि गर्छ। ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवास भित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिका नाममा दर्ता भइ सकेको छ।
त्यस्तै १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ। राजनीतिक दलका नेता, कार्यकर्ता र कर्मचारीको मेलेमतोमा देशका हजारौ रोपनी सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता भएका छन्। तर, यसको एकिन तथ्याङ्क कसैसँग छैन। भूमि व्यवस्था मन्त्रालयले जिल्लाका मालपोत र नापीले अभिलेख राख्ने भएकाले आफूहरुसँग नभएको गैर जिम्मेवार जवाफ दिदै बसि रहेको छ।
सबै भन्दा धेरै जग्गा भएको र धेरै अतिक्रमणको सिकारमा गुठी सस्थानको जग्ग परेको छ। गुठी सस्थानसँग अहिले देशभरका ६९ जिल्लामा १४ लाख ४१ हजार रोपनी जग्गा रहेको पाइएको छ। तर सरकारले नै ठाउँ ठाउँमा गुठिको जग्गा अतिक्रमण गरेको छ भने सरकारकै सिको गरेर ब्यक्तिहरु समेत जग्गा कब्जा गरेका छन्। गुठी सस्थानको हजारौं रोपनी अतिक्रमण भएपनि त्यो जग्गा फिर्ता ल्याउन गुठी सस्थानले सकेको छैन। यद्यपी संस्थानका प्रवत्ता सरोज थपलिया भने अतिक्रमण हटाउने प्रयास थालिएको दाबी गर्छन्।
गुठि संस्थानको जस्तै पशुपतिनाथ मन्दिरको नाममा रहेका रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन भएपनी भूमाफियाले खाएका छन्। यस बाहेक हायत होटलले कब्जा गरेको ३०४ रोपनी जग्गा, खुलामन्चको जग्गा, छाया सेन्टर रहेको कमलपोखरीको जग्गा भूमाफियाले कब्जा गरेका छन्। यी बाहेक सयौं ठाउँका हजारौ रोपनी जग्गा कब्जामा परेका छन्। तर, रोक्न सरकारले आजसम्म कुनै कदम चालेका छैन।















