नेपालमै पहिलो पटक बर्ड फ्लु भाइरस मानिसमा देखा पर्यो,एकको मृत्यु
वि.सं.२०७६ वैशाख १९ बिहीवार १२:४६
6.79K
shares
shares

काठमाडौं । नेपालमै पहिलो बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ। कुखुरमा देखिने गरेको भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बर्ड फ्लु भाइरस संक्रमण भएका एकजना युवकको मृत्यु समेत भइ सकेको हो।
बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका एकजना युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन्। ती युवकको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि यही मंगलबार भएको हो। काभ्रेका २१ वर्षीय ती युवकले बर्ड फ्लु भाइरस संक्रमणबाटै ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
विश्वमा हालसम्म आठ सय ६० जनामा मात्रै बर्ड फ्लु देखिएको छ। कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलो पटक मानिसमा पनि देखिए पछि सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।






























