वालुवाटारको जग्गा कब्जा गर्ने सुवेदी र ढकाल को हुन्?

9.75K
shares

काठमाण्डौ । बालुवाटारको सरकारी जग्गा अनियमिततामा एक पछी अर्को गर्दै शीर्ष नेताहरुको नाम जोडिन थालेको छ। सत्तारुढ दल नेकपाका उच्च तहका नेता देखि प्रतिपक्षी कांग्रेसका नेतृत्वकर्ताहरु नै जग्गा विवादमा मुछिएका छन्। अब जग्गा विवादको छानविन र अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने विषय रहस्यमय बन्दै गएको छ।

नेपालमा भू माफियाहरुको संजाल र शक्ति कतिसम्म ठूलो छ भन्ने उदाहरण बनेको छ, काठमाण्डौको वालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा अनियमितता। प्रधानमन्त्री, प्रधानन्यायधिस तथा सभामुख निवास भएकै जग्गा भुमाफियाले अत्यन्तै ठुलो सन्जाल बनाएर किनबेच गरेको विषय अहिले चर्चामा छ। जग्गा अनियमिततामा माफिको मात्रै हातले सम्भव हुँदैन। यसमा कर्मचारीतन्त्रदेखि राजनीतिक दलका नेता र सरकारको समेत सहयोग आवश्यक हुन्छ।

जे आवश्यक पर्यो त्यही पाएपछि माफियाले मन लाग्दी गर्ने नै भए। यही भएको हो वालुवाटारको ललिता निवासमा पनि। भुमाफियालाई आश्रय दिने र सहयोग गर्ने तिनै राजनीतिक ब्यक्तित्व र ब्यापारिहरु हुन जुन अहिले बालुवाटारको जग्गा सँगै नाम जोडीएको छ। पुर्व सचिव शारदाप्रशाद त्रिताल नेत्रित्वको छानबिन समितीले तयार पारेको प्रतिवेदनले नै बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कसरी भू–माफियाहरूले आफ्नो नाममा पारे भन्ने बाहिर ल्याएको हो।

सरकारले गएको असारमा त्रिताल नेतृत्वको ५ सदस्यिय छानविन समिती गठन गरेको थियो। पाँच महिनाको अनुसन्धानपछि गत पुस २६ गते त्रितालले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन पेस गरेका थिए। जग्गा हडप्न मुख्यत दुई जना व्यक्तिले भूमिका खेलेको पूर्वसचिव त्रितालको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। भूमाफिया भनेर समितिले किटानीसाथ नाम उल्लेख गरेका व्यक्ति अधिवक्ता रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल हुन्।

प्रतिवेदन अनुसार २०५८–६० सालसम्म आइ पुग्दा सुबेदी र ढकालले पञ्चायतले अधिग्रहण गरेका सुवर्णशमशेरका परिवारको अधिकांश जग्गा आफ्ना हातमा पारिसकेका थिए। उक्त जग्गा दुई जनाले मिलेर विक्री गरेको पाइएको छ।

डा.शोभाकान्त ढकाल

ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधी हुन । माधव नेपाल निकट मानिने आयुर्वेदका डाक्टर शोभाकान्त ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बेच्ने योजना तयार गरेका थिए। पेसा छाडेर जग्गा दलालीमा लागेका ढकालको धेरै बैंकमा सेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ।

नवलपरासीको क्षेत्र न १ माओवादीको भागमा नपरेको भए उनले टिकट पाउने निश्चित थियो। स्याङ्जा पुर्ख्यौली घर भएका ढकालको नवलपरासीको कावासोती नगरपालिका–६ नयाँ गाउँमा घर छ। केही वर्ष अघिसम्म सामान्य आर्थिक अवस्थाका ढकालको अहिलेको परिचय धनाढ्यका रुपमा हुने गरेको छ।

रामकुमार सुवेदी

त्रिताल आयोगको प्रतिवेदन अनुसार सुवेदी कानुन व्यवसायी हुन्। उनी नै बालुवाटार योजनाका कानुनी रणनीतिकार हुन्। केही वर्ष अघिसम्म लेखनदासका रुपमा चिनिएका सुवेदीले रुक्मशमशेर, जग्गा खरिदकर्ता मिनबहादुर गुरुङदेखि अधिकांश उच्च शक्ति तहसगँ समन्वयकारी भुमिका खेलेका थिए। बालुवाटारको जग्गालाई वैधानिक तुल्याएर निजी बनाउने कानुनी पाटो यिनैले सम्हालेका थिए।

भुमाफियाहरुले विभिन्न राजनीतिक नेत्रित्वलाई प्रभावमा पारेर मन्त्रिपरिसद बाट नै पटक पटक आफ्नो पक्षमा निर्णय गराएका थिए। जसले गर्दा मन्त्रिपरिषदले अधिकार प्रत्यायोजन गरी लेखी पठाएको डिल्लीबजार मालपोत कार्यालयले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री निवास दक्षिणतर्फको ११३ रोपनी सरकारी जग्गा व्यक्तिहरूका नाममा सारिदिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083