ललितपुरको भट्टेडाँडामा जीप दुर्घटना : तीनको मृत्यु, एक जना गम्भीर

10.14K
shares

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा नयाँगाउँमा सोमबार राति बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक विशाल तामाङ, भट्टेडाँडाकै १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको ललितपुर प्रहरीले जनाएको छ।

बा ५ च ५६९६ नम्बरको बोलेरो राति साढे ९ बजे सडकबाट खसेर थियो। दुर्घटनामा गम्भिर घाइते भएका मकवानपुरका रमेश तामाङको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचार भइ रहेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।


divya collage
unigloble collage