संसारकै सुन्दर सप्तरंगी ठाउँ

9.84K
shares

काठमाडौं । पृथ्वीमा ८७ लाख प्रजातिका जीव जन्तु रहेको अनुमान गरिएको छ । तर यो धर्तीमा यस्ता पनि ठाउँ छन् जहाँ जीवन नै छैन । यो ठाउँमा पानी धेरै छ । जीवनको नाममा यहाँ कुनै पनि प्रकारको अस्थित्व छैन । संसारमा रहेका झण्डै ८७ लाख प्रजातिमा यहाँ कुनै पनि जीव जन्तु छैनन् ।

युरोपिय अनुसन्धानकर्ताले पृथ्वीमा यो भूभागको अनुसन्धान गरेका छन्, जहाँ पानी धेरै छ । जीवन छैन । यहाँ जाडो मौसममा पनि अधिकतम तापक्रम ४५ डिग्रीसेल्सियस हुन्छ । यहाँको वातावरण मंगलग्रहको वातावरणसँग मिलेको भनिन्छ । यो ठाउँ इथियोपियामा रहेको छ ।

नेचर इकोलोजी एण्ड इभोल्युसन म्यागेजिनमा हालै प्रकाशित शोधपत्रअनुसार यहाँको पानी, हावा र वातावरणमा एसिड, नुन र विषाक्त ग्यास धेरै छ । यो ठाउँको पिएच भ्यालु नेगेटिभ रहेको छ । त्यसैले यहाँ जीवनको सम्भावना छैन ।

पृथ्वीको सबैभन्दा धेरै खराब वातावरण यहाँ नै छ । यहाँ प्रचुर मात्रामा म्याग्नेसियम पाइएको छ ।

यो ठाउँको नाम डलोल जियोथर्मल फिल्ड हो । यहाँ संसारमा रहेका सबै प्रकारका रंग देख्न सकिन्छ । यहाँ नजिकै रहेको गाउँ सन् २००५ देखि छैन । अहिले फोटोग्राफर र अनुसन्धानकर्ता मात्र यहाँ पुग्ने गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083