‘सरकारी पेस्तोल’ लगेर प्रेमी फरार

6.93K
shares

जनकपुरधाम । जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी जवानका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् ।

न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा ‘जानकारी’ गराएकी थिइन् ।

हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ ।

अहिले प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा छिन् । प्रहरी कार्यालयको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् ।

बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै ‘डराउनका लागि हतियार लगेको ’ बयान दिएकी छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083