नेकपा स्थाई कमिटीको बैठक सकियो , एमसीसीको जिम्मा सचिवालयलाई

9.76K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी बैठक पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

सात दिन सम्म चलेको नेकपाको स्थायी कमिटी बैठकले नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित गरेको छ ।

महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन् ।

त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले भारतको नक्सा अस्वीकार गर्दै त्यहाँबाट भारतीय सेना हटाउन पहल गर्ने र समस्या समाधान गर्न कूटनीतिक रुपमा गर्ने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ ।

नेकपा केन्द्रीय कार्यलयको आफ्नै भवन बनाउने निर्णय पनि बैठकले गरेको छ। नेकपा बैठकमा विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को समस्या समाधानको जिम्मा सचिवालयलाई दिने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

पछिल्लो समय सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083